公益社団法人 福岡県国際交流センター

जापानी भाषा अध्ययन

विदेशीहरुका लागि जानकारी
जापानी भाषा अध्ययन

(1)जापानी भाषा क्लास

जिल्लाको लगभग 100 वटा ठाउँहरूमा "विदेशी नागरिकको लागि जापानी भाषा क्लास" को आयोजना भइरहेका छन्।कक्षाकोठामा जापानी भाषा अध्ययनदेखि लिएर स्थानीय स्वयंसेवक र स्थानीय निवासीहरूसँग जानकारी आदानप्रदान गर्न सकिने अवसर पनि प्राप्त हुन्छ। संकोच नमानीकन अवश्य पनि सहभागी हुनुहोस्।

  • ・यस केन्द्र "कोकुसाइ हिरोबा" मा आयोजना भइरहेका क्लासहरूको सूचीpdf file
  • ・फुकुओका जिल्लाभित्र भएका जापानी भाषा क्लासहरूको सूचीpdf file


「फुकुओका प्रान्त जापानी भाषा कक्षा स्वयंसेवी Facebook」मा , सम्पूर्ण विदेशी नागरिकहरूका लागि जापानी भाषा अध्ययनमा काम लाग्ने उपाय तथा जानकारीहरू प्रस्तुत गरिन्छ |
facebook

( 2 ) अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि N1 तयारी कक्षा ( नि:शुल्क ) 【अनियमित】

फुकुओका अन्तर्राष्ट्रिय विद्यार्थी सहायता केन्द्रमा विदेशी विद्यार्थीहरूका लागि N1 तयारी कक्षा अनलाइनबाट संचालन गरियो |

अर्को पटक कक्षा संचालन गर्ने समय इमेल मार्फत जानकारी गराउने छौँ |

जानकारी प्राप्त गर्न चाहने व्यक्तिले तलको URLबाट इन्ट्री गर्न अनुरोध गर्दछौँ |

【इन्ट्री】
https://kghrpc.org/candidate/fissc/entry